Deneme Bonusu Veren Siteler
बुधबार, मंसिर १९, २०८१
Wednesday, December 4, 2024

काठमाडौं – सहकारीको रकम अपचलन प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान शुक्रबारबाट काठमाडौंमा सुरु हुँदैछ । बिहीबार साँझ पोखराबाट काठमाडौं ल्याइएका लामिछानेको आजबाट सरकारी वकिलको कार्यालय काठमाडौंमा बयान लिइने भएको हो ।

लामिछानेलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी संस्थाको रकम अपचलनमा संलग्न देखिएको भन्दै लामिछानेलाई काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । स्वर्णलक्ष्मीबाट लामिछानेले व्यक्तिगत र जीबी राईसँग मिलेर ऋण लिएको कागजात फेला परेको बताइएको छ । लामिछाने एक्लैले ४६ लाख सवारी ऋण र जिबीसँग संयुक्त थप ४६ लाख लिएको तथ्य भेटिएपछि अनुसन्धानको लागि पक्राउ पुर्जी जारी गरिएको हो ।

पछिल्लो पटक कास्की जिल्ला अदालतले लामिछानेमाथि १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। लामिछानेलाई प्रहरीले कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरी पोखरा लगेको थियो । पोखरबाट नै बुटवलको सुप्रिम सहकारीको रकम हिनामिना गरेको मुद्दामा लामिछानेलाई रुपन्देही लगी बयान लिइएको थियो । लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान भइरहेको छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया