Deneme Bonusu Veren Siteler
मंगलबार, मंसिर १८, २०८१
Tuesday, December 3, 2024

काठमाडौं – ललितपुरको भैंसेपाटी प्रहरी प्रभागमा पुर्‍याएर व्यवसायीलाई बलात्कार मुद्दामा फसाउन खोजेको घटनाका मुख्य योजनाकार ताजमुल भन्ने तजम्मुल इस्लाम पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला न्यायाधीश टेकराज जोशीको इजलासले बिहीबार इस्लामलाई थुनामा पठाउन आदेश दिएको हो ।

घटनाको मुख्य योजनाकार उनी रहेको अभियोग थियो । पक्राउ परेका दुई महिलालाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । व्यवसायीसँग विभिन्न ठाउँमा घुमेकी सुस्मा विश्वकर्मालाई दुई लाख र भिमादेवी थापालाई एक लाख धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । व्यवसायीबाट अुलेको २० लाख भिमादेवीको खातामा जम्मा गरिएको थियो ।

प्रहरी निरीक्षक बिनु शाहीको आदेशमा रकम जम्मा गर्न गएका प्रहरी सहायक हवल्दार महेन्द्र हमाललाई भने साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ । इन्सपेक्टर शाही र अर्का आरोपी दर्शन पोखरेल अझै फरार छन् । उनीहरु फरार भएकाले उनीहरुको हकमा कुनै आदेश आएको छैन ।

उनीहरूविरुद्ध आपराधिक लाभ र संगठित अपराधको कसुरमा मुद्दा दर्ता भएको थियो । यसअघि यो घटनाको अनुसन्धान जिल्ला प्रहरी परिसर ललितपुरले गरेको थियो । अनुसन्धानका क्रममा उक्त घटनामा एसपी कमल थापाको समेत संलग्नता देखिएको भन्दै थप अनुसन्धान गर्ने जिम्मा सीआईबीलाई दिइएको थियो ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया