Deneme Bonusu Veren Siteler
मंगलबार, मंसिर १८, २०८१
Tuesday, December 3, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – आगामी आइतबार हुने स्थानीय तह उपनिर्वाचनका लागि प्रचारप्रसार अवधि आज राति १२ बजेबाट समाप्त हुँदैछ। निर्वाचन आयोगले निषेधित अवधि आज रातिदेखि लागू हुने जनाउँदै यस अवधिमा उम्मेदवार वा अन्य व्यक्तिले चुनावी प्रचारप्रसार गर्न नपाउने स्पष्ट पारेको छ। मतदान सुरु हुनुभन्दा ४८ घण्टाअघिदेखि लागू हुने यो व्यवस्था अन्तर्गत कुनै पनि माध्यमबाट मत माग्न निषेध गरिएको छ।

आयोगले मंसिर १६ गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म स्थानीय तहका रिक्त विभिन्न पदका लागि उपनिर्वाचन आयोजना गर्नेछ। रिक्त ४४ स्थानहरूमध्ये तीन स्थानमा उम्मेदवारहरू निर्विरोध चयन भइसकेका छन्, जसका कारण अब ४१ स्थानमा मात्र मतदान हुनेछ। यसका लागि १६२ मतदान स्थल र २९३ मतदान केन्द्र तोकिएको छ।

तपाईको प्रतिक्रिया