काठमाडौं – कास्की प्रहरीले बालबालिकालाई बन्धक बनाइ यौनकार्यमा लगाएको आरोपमा तीन जना व्यक्तिलाई पक्राउ गरेको छ भने ४ जना बालिकाको उद्दार गरेको छ ।
पक्राउ पर्नेमा गोरखा पालुङ्टार गाउँपालिका ४ स्थायी घर भइ हाल पोखरा ६ लेकसाइडस्थित होटल स्नोल्याण्डमा डेरा गरी बस्ने १९ वर्षीया ममता तामाङ, मकवानपुर बागमती गाउँपालिकां.८ स्थायी घर भइ हाल काठमाडौंको बूढानिलकण्ठ नगरपालिका ७ कपन बस्ने २३ वर्षीया रिना तामाङ र पूर्वी नवलपरासी मध्यबिन्धु नगरपालिका १० स्थायी घर भइ हाल पोखरा ६ लेकसाइड बस्ने १९ वर्षीया जस्मिन ठकुरी रहेका छन् ।
उनीहरूले ती ४ जना बालिकालाई राम्रो जागिर दिन्छु, तलब राम्रो हुन्छ भन्दै विश्वासमा पारी कोठा बाहिरसमेत निस्किन नदिइ परपुरुषसँग शारीरिक सम्पर्क गर्न बाध्य तुल्याउँदै आएको प्रहरीको भनाइ छ ।
Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.