Deneme Bonusu Veren Siteler
सोमबार, माघ २१, २०८१
Monday, February 3, 2025

हाम्रो जीवनमा धेरै घटनाहरु हुने गर्छन् । जसमध्ये थोरैको मात्रै अनुसन्धान गर्छौं। जस्तै हाम्रो कुहिनो कतै ठोकिएपछि हाम्रा पलकहरू सधैं एकसाथ झम्झमाउँछ । यस्तोबेला विद्युतीय करेन्ट लागको महसूस हुन्छ । अचानक यस्तो घटना हुँदा हामी आँतिन्छौं पनि । यद्यपि हामीलाई यसको पछाडिको कारण थाहा छैन ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईंलाई पनि यस्तो भएको होला । अचानक कुहिनो कतै ठोकिएर बिजुलीको करेन्ट लागेको जस्तो भएको होला । यो सुन्दा रमाइलो लाग्न सक्छ । त्यसैले पनि आम भाषामा कुहिनोको हड्डीलाई फनी हड्डी पनि भन्ने गरिन्छ ।

तर यसको पछाडिको कारणबारे तपाईंले कहिल्यै सोच्नु भएको छ ? यदि छैन भने हामी तपाईंलाई यसबारे जानकारी दिनेछौँ ।

यो अनुभूति हुनुको पछाडिको कारण अल्नार नर्भ हो । यो नसा हाम्रो मेरुदण्डबाट निस्कन्छ र काँधहरू हुँदै सिधा औंलाहरूमा पुग्छ । कुहिनोको हड्डीलाई जोगाउने यो स्नायुमा कुनै कुराले प्रहार गर्ने बित्तिकै व्यक्तिलाई बिजुली झैं बलियो झट्का लाग्छ ।
काँध र कुहिनो बीचको हड्डीलाई ह्युमरस भनिन्छ ।

हास्यको अर्थ मजाक भएको हुनाले यसलाई फनी बोन्स पनि भनिन्छ । यो हड्डीको विशेषता यो हो कि यहाँ कुनै पनि कुराले ठोक्किएमा बिजुलीको झट्का जस्तो पैदा हुन्छ ।

अझ रोचक कुरो के छ भने हामीलाई लाग्छ कि यो हड्डीमा चोट लागेको छ । जबकि वास्तविकतामा चोट अल्नार नर्भमा हुन्छ । चोट लाग्ने बित्तिकै न्यूरोन्सले हाम्रो मस्तिष्कमा सिग्नल पठाउँछ र त्यहाँबाट विद्युतीय झटका जस्तै प्रतिक्रिया हुन्छ ।

हाम्रो शरीरको हड्डी र स्नायुहरूलाई जोगाउन बोसोको तह हुन्छ र त्यसपछि छालाले छोप्छ । यो सामान्य चोटमा हुँदैन । तर सतह कडा छ भने स्नायुमा एक गम्भीर झनझन शुरु हुन्छ । जब कुहिनोले कुनै कडा वस्तुमा ठोक्छ । त्यहाँ अल्नार स्नायुमा प्रभाव हुन्छ ।

यस्तो अवस्थामा अर्को पटक तपाईंको कुहिनोमा बिजुलीको झट्का लाग्यो भने त्यसमा फनी हड्डीको गल्ती होइन, उल्नार नर्भमा लागेको चोटकाे प्रभाव हुन्छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया