Deneme Bonusu Veren Siteler
मंगलबार, मंसिर १८, २०८१
Tuesday, December 3, 2024

काठमाडौं – धितोपत्र बजारमा सोमबार पनि नेप्से परिसूचकले उकालो यात्रा कायम राखेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २२.१४ अंकले वृद्धि भएर २,७६०.२१ मा पुगेको छ ।

ठूला कम्पनीहरूको प्रदर्शन मापन गर्ने सेन्सेटिभ परिसूचक ३.६१ अंकले बढेर ४९०.७२ मा उक्लिएको छ । यस दिन बजारमा कारोबार भएका १३ उपसमूहमध्ये पाँच उपसमूहको सेयर मूल्य घट्दा अन्य आठ उपसमूहमा वृद्धि भएको छ । कुल दुई करोड ४५ लाख ५७ हजार एक सय ५३ कित्ता सेयर ११ अर्ब ३१ करोड ५२ लाख सात हजार एक सय २७ रुपैयाँमा किनबेच भएको छ ।

विशेष रूपमा सपोर्ट माइक्रोफाइनान्स, सामुदायिक लघुवित्त, गुराँस लघुवित्त, मानुषी लघुवित्त र सिर्जनशील लघुवित्तका सेयरमा १० प्रतिशतको सकारात्मक वृद्धि भएको छ, जसले ती कम्पनीहरूमा सकारात्मक सर्किट प्रहार गरेको छ ।

अर्कोतर्फ, इस्टर्न पावरका सेयरधारकले १० प्रतिशतको घाटा व्यहोरेका छन् भने समृद्धि फाइनान्समा ९.७१, सानिमा जिआइसी इन्सुरेन्समा ४.१३, दिव्यश्वरी हाइड्रोपावरमा ३.९९ र सिनर्जी पावर डेभलपमेन्टमा ३.५० प्रतिशतले गिरावट आएको छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया