Deneme Bonusu Veren Siteler
शुक्रबार, मंसिर २१, २०८१
Friday, December 6, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – भारतको विमानस्थल प्रयोग गरी विदेश यात्रा गर्न श्रम स्वीकृति प्राप्त नेपाली नागरिकहरूलाई अब “नो अब्जेक्सन सर्टिफिकेट” (एनओसी) आवश्यक नपर्ने भएको छ। दिल्लीस्थित नेपाली राजदूतावासले जानकारी दिएअनुसार साउदी अरब, कतार, कुवेत, संयुक्त अरब इमिरेट्स, ओमान, बहराइन, इराक, लिबिया र लेबनानजस्ता मुलुकहरूमा जाने श्रम स्वीकृतिप्राप्त नेपालीहरूले एनओसी लिनु नपर्ने जनाएको हो ।

यसैगरी, कूटनीतिक, आधिकारिक, सेवा पासपोर्ट भएका नेपाली नागरिकहरू, संयुक्त राष्ट्रसंघको “यूएनएलपी” पासपोर्ट भएकाहरू र १६ वर्ष मुनिका बालबालिकाहरूलाई पनि एनओसीको आवश्यकता नरहने जनाइएको छ।

साथै, अमेरिका, बेलायत र सेनजेन मुलुकको भिसा भएका नेपालीहरूले पनि एनओसी लिनु पर्दैन। तर, रुसमा छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरू र व्यावसायिक भिसामा रुस जाने व्यक्तिहरूले भने दूतावास वा कन्सुलर सेवा विभागबाट एनओसी प्राप्त गर्नुपर्नेछ।

 

 

तपाईको प्रतिक्रिया