Deneme Bonusu Veren Siteler
मंगलबार, मंसिर १८, २०८१
Tuesday, December 3, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – बागलुङको जैमिनी नगरपालिकामा भएको जीप दुर्घटनामा मृत्यु भएका पाँच जनाको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार, आज बिहान जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङतर्फ जाँदै गरेको ग २ च ९२४७ नम्बरको पिकअप जीप जैदी र छिस्तीको सिमानामा दुर्घटनाग्रस्त हुँदा पाँच जनाको ज्यान गएको हो।

मृतकहरूमा जीप चालक ३८ वर्षीया महेन्द्र पुन, २० वर्षीया रश्मी श्रीस, ५० वर्षीया नन्दकली पुन, १७ वर्षीया निरज श्रीस र ७५ वर्षीया कुलप्रसाद श्रीस रहेका छन्। उनीहरु सबैजना जैमिनी नगरपालिका–८ छिस्ती केवईका बासिन्दा हुन्। यस दुर्घटनामा ४५ वर्षीया गंगाबहादुर श्रीस घाइते भएका छन्। उनलाई उद्धार गरी उपचारका लागि धौलागिरि अस्पताल ल्याउँदै गरिएको छ।

पिकअप जीपमा चालकसहित ६ जना सवार थिए। जैमिनी नगरपालिका–७ हर्देवा पाखामा जीप अनियन्त्रित भएर करिब ५०० मिटर तल खस्दा पाँच जनाको घटनास्थलमै मृत्यु भएको हो।

यो पनि पढ्नुहोस्: बागलुङको छिस्तीमा पिकअप भ्यान दुर्घटना हुँदा चालकसहित पाँच जनाको मृत्यु

तपाईको प्रतिक्रिया