Deneme Bonusu Veren Siteler
मंगलबार, मंसिर १८, २०८१
Tuesday, December 3, 2024

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ २३ पैसा र बिक्रीदर १३४ रुपैयाँ ८३ पैसा निर्धारण गरिएको छ । युरोपियन यूरो १ को खरिददर १४५ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४६ रुपैयाँ ४२ पैसा, युके पाउन्ड स्टर्लिङ १ को खरिददर १७३ रुपैयाँ ३० पैसा र बिक्रीदर १७४ रुपैयाँ ०७ पैसा, स्विस फ्र्यांक १ को खरिददर १५४ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५५ रुपैयाँ ३३ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ०८ पैसा र बिक्रीदर ८८ रुपैयाँ ४७ पैसा, क्यानेडियन डलर १ को खरिददर ९६ रुपैयाँ ३४ पैसा र बिक्रीदर ९६ रुपैयाँ ७७ पैसा, सिंगापुर डलर १ को खरिददर १०१ रुपैयाँ ३४ पैसा र बिक्रीदर १०१ रुपैयाँ ७९ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर ८ रुपैयाँ ७९ पैसा र बिक्रीदर ८ रुपैयाँ ८३ पैसा, चिनियाँ युआन १ को खरिददर १८ रुपैयाँ ८५ पैसा र बिक्रीदर १८ रुपैयाँ ९३ पैसा, साउदी अरेबियन रियाल १ को खरिददर ३५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९० पैसा, कतारी रियाल १ को खरिददर ३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९९ पैसा तोकिएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट १ को खरिददर ३ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३ रुपैयाँ ९८ पैसा, युएई दिराम १ को खरिददर ३६ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७१ पैसा, मलेसियन रिंगेट १ को खरिददर ३० रुपैयाँ ६६ पैसा र बिक्रीदर ३० रुपैयाँ ७९ पैसा कायम छ ।

साउथ कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९ रुपैयाँ ७८ पैसा, स्विडिस क्रोनर १ को खरिददर १२ रुपैयाँ ५३ पैसा र बिक्रीदर १२ रुपैयाँ ५९ पैसा र डेनिस क्रोनर १ को खरिददर १९ रुपैयाँ ५५ पैसा र बिक्रीदर १९ रुपैयाँ ६४ पैसा निर्धारण गरिएको छ । कुवेती दिनार १ को खरिददर ४ सय ३७ रुपैयाँ ६४ पैसा र बिक्रीदर ४ सय ३९ रुपैयाँ ६० पैसा, बहराइन दिनार १ को खरिददर ३ सय ५६ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३ सय ५७ रुपैयाँ ६२ पैसा तोकेको छ ।

तपाईको प्रतिक्रिया