Deneme Bonusu Veren Siteler
बुधबार, मंसिर १९, २०८१
Wednesday, December 4, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – काठमाडौँको रानीपोखरीको बीचमा अवस्थित बालगोपालेश्वर मन्दिर आज बिहानैदेखि भक्तजनहरूको लागि खुला गरिएको छ। यो मन्दिर विशेषगरी दिदीबहिनी वा दाजुभाइ नभएकाहरूका लागि भाइटीकाको दिन मात्र खुल्ने गर्छ।

आज भाइटीकाको अवसरमा दिदीबहिनी वा दाजुभाइ नहुनेहरूले बालगोपालेश्वर मन्दिरमा गएर पूजा, दर्शन गरेर टीका लगाउने परम्परा छ। मन्दिर दिनभर खुला रहन्छ। जसले गर्दा सबै भक्तजनले पूजा गर्ने अवसर प्राप्त गर्न सक्छन्।

२०७२ सालको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त भएको यो मन्दिरको पुनःनिर्माण २०७७ सालमा सम्पन्न गरिएको थियो। त्यसपछि हरेक वर्ष भाइटीकाको दिन भक्तजनलाई खुला गरिन्छ। यसैगरी, काठमाडौँको जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि दिदीबहिनी वा दाजुभाइ नहुनेहरूले पूजा, दर्शन गरेर टीका लगाउने परम्परा रहेको छ।

 

 

तपाईको प्रतिक्रिया