Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक १२, २०८१
Monday, October 28, 2024

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अज्ञात समूहबाट आएको बमको सूचनापछि तनावपूर्ण अवस्था सिर्जना भयो, तर विस्तृत खोजबिनपछि उक्त एयर इन्डिया जहाजमा कुनै पनि खतराजनक वस्तु फेला परेन ।

विमानस्थलका प्रहरी प्रमुख एसएसपी डम्बरबहादुर बिकले जानकारी दिए अनुसार, नेपाली सेना र नेपाल प्रहरीको विस्फोटक डिस्पोजल टोलीले जहाज, यात्रु र लगेजको गहन जाँचपछि बम वा कुनै खतराजन्य पदार्थ नभेटिएको पुष्टि गरेको छ ।

सूचना प्राप्त हुने बित्तिकै एयर इन्डियाको दिल्लीस्थित मुख्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जानकारी गराएको थियो, जसपछि सुरक्षा टोलीले दिउँसो साढे ३ बजेदेखि जहाज र यात्रुहरूको सम्पूर्ण जाँच प्रारम्भ गरेको थियो । झन्डै २ सय सुरक्षाकर्मी, प्रहरी तथा विमानस्थल प्राधिकरणका कर्मचारीले पौने ६ बजेसम्ममा जहाज र यात्रुको चेकजाँच सम्पन्न गरेका थिए ।

जाँचपछि जहाजका सबै यात्रु कप्तानलाई जिम्मा लगाइएको र उनीहरू बोर्डिङ गर्दै गरेको एसएसपी बिकले बताए । अब जहाज दिल्ली उड्न तयार छ। दिल्लीका लागि प्रस्थान गर्न लागेको यो उडानमा ५५ जना नेपालीसहित कुल १५८ जना यात्रु सवार छन् ।

बमको सूचना दिल्लीबाट काठमाडौं आएका यात्रुहरू ओर्लेपछि प्राप्त भएकोले दिल्ली प्रस्थान गर्न लागेका यात्रुहरूलाई बाहिर निकालेर अन्तर्राष्ट्रिय प्रोटोकल अनुसार सम्पूर्ण सुरक्षा मापदण्ड पूरा गर्दै जहाजलाई जाँचिएको हो ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया