Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक १२, २०८१
Monday, October 28, 2024

काठमाडौँ – गायक सुशान्त केसीले आइतबार आफ्नो नयाँ गीत ‘बार्दली’ उनको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरेका छन्।उक्त सार्बजनिक गीत २४ घन्टा नपुग्दै ट्रेन्डिङमा प्रवेश गरेको छ।

सुशान्त र इन्द्रकला राईको आवाजमा रहेको यो गीत युट्युबको संगीत विधामा तेस्रो स्थानमा रहेको छ। सोमबार दिउँसोसम्म गीतलाई ५ लाख १५ हजारभन्दा बढी पटक हेरिएको छ।

गीतको रचना र संगीत स्वयम् सुशान्त केसीले गरेका छन्। भिडिओमा सुशान्तसँगै आकृति राजभण्डारी, शशांक बोहरा, आन्ना शर्मा, निश्चल बस्नेत, सृष्टि श्रेष्ठ र स्वस्तिमा खड्का पनि देखिएका छन्। भिडिओको निर्देशन अन्जोन लिम्बुले गरेका हुन्।

 

 

तपाईको प्रतिक्रिया