Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक १०, २०८१
Saturday, October 26, 2024

काठमाडौं – कानूनले २० वर्ष नपुगी विवाह गर्न निषेध गरे पनि देशमा कम उमेरमै घरजम गर्नेको संख्या ठूलो रहेको तथ्यांकले देखाएको छ । राष्ट्रिय जनगणना, २०७८ को बालबालिका सम्बन्धी तथ्यांकीय प्रतिवेदनले २०७८ सालमा ७४ हजार २७२ जनाले १० देखि १७ वर्षको उमेरमै विवाह गरेको देखाएको हो ।

यसले देशमा बालविवाहको समस्या गम्भीर रहेको देखाएको छ । १७ वर्षभन्दा कम उमेरमै विवाह गरेकामध्ये आधा जति ग्रामीण क्षेत्रका छन् । बाँकी अर्धशहरी र शहरी क्षेत्रमा बसोबास गर्ने बालबालिका छन् ।

संख्याका आधारमा सबैभन्दा धेरै बालविवाहको समस्या मधेशमा देखिएको छ । मधेश प्रदेशमा १६ हजार ३४७ बालबालिकाको १७ वर्षभन्दा कम उमेरमै विवाह भएको पाइएको छ । लुम्बिनीमा १३ हजार ७३८ जना बालबालिकाको विवाह भएको छ । तर कुल विवाहितमध्ये बालविवाह गर्नेको अनुपात कर्णालीमा सबैभन्दा धेरै २.६२ प्रतिशत छ । त्यस्तै, गण्डकीमा १.८७ प्रतिशत छ ।

बाल्यकालमै विवाह भएकामध्ये ५३४ जना एकल भएको, १०७ जनाको पारपाचुके भएको र २२२ जना छुट्टिएको देखिएको छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया