Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०९, २०८१
Friday, October 25, 2024

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं केन्द्रित आन्दोलन थालेको छ । सभापति रवि लामिछानेलाई सहकारी ठगी आरोपमा कात्तिक २ गते प्रहरीले पक्राउ गरेको थियो ।

लामिछाने पक्राउपछि पोखरा केन्द्रित आन्दोलन गरेको रास्वपाले काठमाडौंमा आन्दोलन सुरु गरेको छ । माइतीघर मण्डलामा भइरहेको जुलुसमा रविका पक्षमा नाराबाजी भइरहेको छ । आन्दोलनकारीले नाराबाजीमा भनेका छन्, ‘हाम्रो रवि हाम्रो देश, प्राणभन्दा प्यारो छ, आकाश हेर निलो छ, हाम्रो रवि हिरो छ ।’

उनीहरूले रवि लामिछाने सहकारी ठगीमा निर्दोष रहेको भनेर संसदीय समितिले भनेको भन्दै सरकारले पक्राउ गरेर फसाउने षडयन्त्र गरेको आरोप लगाएका छन् ।

तपाईको प्रतिक्रिया