Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०९, २०८१
Friday, October 25, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – सिआईबीले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जिबी राईका निकट मानिएका नेचर हर्ब्स इन्टरनेश्नलका सञ्चालक रामबहादुर खनाललाई पक्राउ गरेको छ । खनाल तनहुँ, बगालेफाँटका स्थायी बासिन्दा हुन् र जिबी राईको गोरखा ग्रुप अफ कम्पनीमा लगानीकर्ता (शेयरधनी) रहेका छन्। उनलाई काठमाडौंको पानीपोखरीबाट पक्राउ गरी कास्की पठाइएको छ।

यो ठगी प्रकरणमा मुख्य अभियुक्त जिबी राई भने अझै फरार छन्। यद्धपी यो ठगी प्रकरणमा प्रहरीले पूर्व गृहमन्त्री रवि लामिछानेलाई पक्राउ गरेर अनुसन्धान थालेपनि जिबीपनि ढिलो/चाँडो पक्राउ पर्ने सहकारी पीडितहरुको विश्वास छ ।

जिबीले केही मिडियालाई इमेलमार्फत आफू पीडितहरूको रकम फिर्ता गर्न र अनुसन्धानमा सहयोग गर्न तयार रहेको सन्देश दिएका छन्। तर, उनले आफू रवि लामिछाने र उनको टिमको कारण समस्यामा परेको भनेर इमेलमा भनेको कुरा मिडियामार्फत खुलासा भएको छ ।

 

तपाईको प्रतिक्रिया