Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०९, २०८१
Friday, October 25, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – काठमाडौं महानगरपालिकाले तिहार तथा छठ पर्वलाई मध्यनजर गरी प्लास्टिकका फूलमाला एवं सजावटका सामान बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ ।

महानगरले प्लास्टिकका फूल गुच्छा र मालाको बिक्री, वितरण र प्रयोगमा प्रतिबन्ध लगाएको हो। महानगरले जारी गरेको सूचनामा एकल प्रयोग हुने प्लास्टिक, प्लास्टिकका गुच्छा र माला, तथा ४० माइक्रोनभन्दा पातला प्लास्टिक झोलाको बिक्री, वितरण, भण्डारण, र प्रयोगमा पूर्ण निषेध गरिएको उल्लेख छ।

नयाँ नीतिअनुसार, प्लास्टिकका फूल गुच्छा, माला र पातला प्लास्टिकका झोलाको उत्पादन, बिक्री वितरण, भण्डारण र ओसारपसारमा प्रतिबन्ध लगाइएको छ। प्लास्टिकका झोलाको सट्टामा कागज वा कपडाका झोला प्रयोग गर्नुपर्ने व्यवस्था अनिवार्य गरिएको महानगरले जनाएको छ ।

महानगरले अनुगमन टोली परिचालन गर्दै प्रतिबन्धको उल्लङ्घन गरेमा वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ अन्तर्गत कारबाही गरिने चेतावनी पनि दिएको छ।

 

 

तपाईको प्रतिक्रिया