Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०९, २०८१
Friday, October 25, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – काठमाडौंको माइतीघर मण्डलामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आन्दोलन सुरु भएको छ। पार्टी सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउविरुद्ध रास्वपाको काठमाडौंकेन्द्रित प्रदर्शन माइतीघरमा सुरु भएको हो । पोखरामा सुरु भएको विरोध कार्यक्रम अब काठमाडौंमा केन्द्रित भएको छ। विरोध कार्यक्रममा रास्वपाका नेता र कार्यकर्ताहरू सहभागी भएका छन्।

रास्वपाका कार्यवाहक महामन्त्री कबिन्द्र बुर्लाकोटीले आन्दोलनमा समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको जानकारी दिएका छन्। उनका अनुसार पार्टीका नेताहरू आन्दोलन स्थलमा आइरहेका छन्।

आन्दोलनमा पार्टीका उपसभापति डा. स्वर्णिम वाग्ले, संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ, सांसद सुमना क्षेष्ठ, शिशिर खनाल लगायतका प्रमुख नेताहरूको सक्रिय संलग्नता रहेको छ।

तपाईको प्रतिक्रिया