Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०९, २०८१
Friday, October 25, 2024

काठमाडौं – कञ्चनपुरमा श्रीमान र श्रीमती मृत अवस्थामा फेला परेका छन् । जिल्लाको लालझाडी गाउँपालिका-१ बिनवारीमा ४५ वर्षीया रमेश बडायक र उनकी पत्नी ४३ वर्षीया कमला बडायक बिहान मृत भेटिएका हुन् ।

लालझाडी गाउँपालिका-१ का वडाध्यक्ष प्यारेलाल रानाले रातिको समयमा टाउँको फुटेको अवस्थामा उनीहरूको शव फेला परेको बताए । नास्ता पसल सञ्चालन गर्दै आएका उनीहरु पसल जोडिएको घरमा बस्दै आएका थिए ।

प्रदेश प्रहरीबाट अनुसन्धानका लागि कुकुरसहितको टोली घटना स्थलमा पुगेको छ । उनीहरूको हत्या गरिएको देखिएपनि अनुसन्धान जारी रहेको कञ्चनपुर प्रहरीले बताएको छ । घटनाको अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालय धनगढीबाट तालिम प्राप्त कुकुरसहितकाे टाेली पनि लालझाडी पुगेकाे छ ।

तपाईको प्रतिक्रिया