Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक ०८, २०८१
Thursday, October 24, 2024

काठमाडौँ – काठमाडौं जिल्ला प्रशासन कार्यालयले चाडपर्वहरू मर्यादित र व्यवस्थित रूपमा मनाउन आग्रह गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले सार्वजनिक सूचनामार्फत चाडपर्वको समयमा शान्ति सुरक्षा सुनिश्चित गर्न विशेष ध्यान दिनु आवश्यक भएको जनाएका छन्। उनले सार्वजनिक स्थलमा होहल्ला र झैझगडा नगर्न, मादक पदार्थ सेवनबाट सामाजिक मर्यादा र शान्ति खलल नगर्न आग्रह गरेका छन्।

सूचनामा जुवा, लंगु बुर्जा, पटका, भुइँचम्पा जस्ता विपद् निम्त्याउने गतिविधिहरू गर्न प्रतिबन्ध लगाइएको छ। साथै, विस्फोटक तथा प्रज्वलनशील पदार्थहरूको प्रयोग, ओसारपसार र बिक्री वितरण नगर्न पनि अनुरोध गरिएको छ। यस्ता गतिविधिहरू कानूनविपरीत हुने भएकाले कारबाही गरिने चेतावनी दिइएको छ।

सांस्कृतिक कार्यक्रमहरू, विशेष गरी देउसी भैलो, मर्यादित र अनुशासित रूपमा सञ्चालन गर्न भनिएको छ। साथै, सूचनाको उल्लंघन भएमा प्रहरीलाई खबर गर्नसमेत नागरिकलाई आग्रह गरिएको छ। चाडपर्वहरूको समयमा सामाजिक सद्भाव र शान्ति कायम राख्न सबै पक्षलाई जिम्मेवार बन्न आह्वान गरिएको छ।

तपाईको प्रतिक्रिया