Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक ०८, २०८१
Thursday, October 24, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – व्यवसायी मीनबहादुर गुरुङले भाटभटेनी सुपरमार्केटबाट नेकपा एमालेलाई उपलब्ध गराएको जग्गासम्बन्धी रिट ‘हेर्न नमिल्ने’मा परेको छ। उक्त रिट बिहीबार न्यायाधीश डा. नहकुल सुवेदीको इजलासमा प्रस्तुत गरिएको थियो। रिटमाथि केही समय छलफल भए पनि अन्ततः ‘हेर्न नमिल्ने’ सूचीमा राखिएको छ। अब यो मुद्दाको अर्को सुनुवाइ आइतबारका लागि तय गरिएको छ।

विभिन्न भ्रष्टाचार काण्डमा मुछिएका भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङले एमालेको केन्द्रीय कार्यालय बनाउन भनी गत असोज २५ गते काठमाडौँको कीर्तिपुर नगरपालिका–२, मैत्रीनगरमा रहेको १० रोपनी १४ आना जग्गा दान गरेको घोषणा गरेका थिए। प्रधानमन्त्री ओलीको दम्पती र जग्गादाता गुरुङ दम्पतीले संयुक्त रूपमा एमाले मुख्यालय भवनको शिलान्याससमेत गरेका थिए।

तपाईको प्रतिक्रिया