Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक ०६, २०८१
Tuesday, October 22, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – सहकारी ठगीको आरोपमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई बयानका लागि रुपन्देही लगिएको छ। जोशीलाई कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतबाट सोमबार रुपन्देही लगिएको हो।

एमाले सांसद सूर्य थापाको नेतृत्वमा बनेको संसदीय छानबिन समितिले सहकारी ठगी प्रकरणमा संलग्न जोशीसहित अन्य व्यक्तिहरूमाथि कारबाही गर्न सिफारिस गरेको थियो। समितिले ३१ भदौमा प्रतिवेदन बुझाएपछि ६ असोजमा जोशीलाई काठमाडौँको शंखमुलबाट पक्राउ गरिएको थियो।

त्यसयता उनी कास्की प्रहरीको हिरासतमा छन्। उनी गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक मध्येका एक हुन्। उनिमाथि विभिन्न सहकारीहरूको रकम गोर्खा मिडिया नेटवर्कमा ल्याएर दुरुपयोग गरेको आरोप लागेको छ।

तपाईको प्रतिक्रिया