Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक ०५, २०८१
Monday, October 21, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – सोमबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बस्ने तयारी गरिएको छ। बैठक साँझ पाँच बजे बोलाइएको छ। तर बैठकको एजेन्डाबारे अहिलेसम्म केही जानकारी बाहिर आएको छैन। यद्यपि आजको मन्त्रिपरिषद् बैठकले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन सक्ने चर्चा छ ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले यसबारे प्रयास गरे पनि सत्ता साझेदार नेपाली काँग्रेसको असहमतिको कारण अध्यादेश अघि बढ्न सकेको थिएन। सूत्रहरूका अनुसार, संसद् अधिवेशन नरहेकै समयमा प्रधानमन्त्री ओलीले अध्यादेश ल्याई नेकपा एकीकृत समाजवादी र अशोक राई नेतृत्वको जसपा विभाजन गर्ने योजना बनाइरहेका छन्। यसका लागि ओलीले काँग्रेस सभापति शेरबहादुर देउवा र गृहमन्त्री रमेश लेखकलाई तयारी गर्न दबाब दिइरहेको बताइएको छ।

आइतबार साँझ प्रधानमन्त्री ओलीले देउवालाई बालुवाटारमा बोलाएर अध्यादेश ल्याउन सहयोग गर्न आग्रह गरेको बुझिएको छ। यसैबेला प्रधानमन्त्रीले काँग्रेस सभापति देउवा र गृहमन्त्री लेखकसँग छलफल गरेका थिए। मन्त्रिपरिषद्को बैठकअघि विपक्षी दलहरूले सिंहदरबारमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ।

तपाईको प्रतिक्रिया