Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक ०५, २०८१
Monday, October 21, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – काठमाडौं मलबाट गरगहना चोरी गरेको आरोपमा ६ जनाको समूह पक्राउ परेको छ। अर्घाखाँचीकी सीता पौडेलको सुनका गरगहना लगायत धनमाल असोज ३० गते चोरी भएपछि अनुसन्धान थालिएको थियो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले असोज ३ गते विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ परेका व्यक्तिहरूमा गोविन्द परियार, सुरेश नेपाली, निशान ढुङ्गाना, गीता ढुङ्गाना, श्याम बहादुर सुनार र सुरज श्रेष्ठ रहेका छन्। उनीहरूको बसोबास मोरङ, डोटी, धादिङ र मकवानपुर भए पनि हाल काठमाडौंमा बस्दै आएका थिए।

प्रहरीले उनीहरूबाट स्वरूप परिवर्तन गरिएको ३९.४४ ग्राम सुन, चोरी भएको सामसुङ मोबाइल, ६ थान मोबाइल र नगद १ लाख २० हजार रुपैयाँ बरामद गरेको छ। थप अनुसन्धानका लागि उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ।

 

 

तपाईको प्रतिक्रिया