Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक ०५, २०८१
Monday, October 21, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – सरकारले आर्थिक रूपमा कमजोर व्यक्तिहरूको जलनपीडितको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ। आज मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले कस्मेटिकबाहेकको जलन उपचारको व्यवस्था निःशुल्क गर्ने निर्णय भएको जानकारी दिएका हुन्। गुरुङका अनुसार, कस्मेटिक उपचारबाहेकको जलनको उपचार देशका प्रमुख अस्पतालहरूमा निःशुल्क उपलब्ध हुनेछ।

सरकारले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (कोशी प्रदेश), नारायणी अस्पताल (मधेस प्रदेश), कीर्तिपुर अस्पताल (बागमती प्रदेश), पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (गण्डकी प्रदेश), भेरी अस्पताल (लुम्बिनी प्रदेश), सुर्खेत प्रादेशिक अस्पताल (कर्णाली प्रदेश) र सेती प्रादेशिक अस्पताल (सुदूरपश्चिम प्रदेश) मा यो सेवा प्रदान गर्ने व्यवस्था गरेको छ।

स्वास्थ्य मन्त्रालयको आँकडाअनुसार नेपालमा हरेक वर्ष लगभग ५७ हजार व्यक्तिहरू जलनको समस्याबाट प्रभावित हुने गर्छन्। हालसम्म जलनको उपचार कीर्तिपुर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल र सुस्मा मेमोरियल अस्पतालमा उपलब्ध हुँदै आएको थियो भने वीर अस्पतालले आफ्नो बर्न युनिटलाई हालै पुनः सञ्चालनमा ल्याएको छ।

तपाईको प्रतिक्रिया