Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक ०५, २०८१
Monday, October 21, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – सरकारले कात्तिक ६ गते २३ अर्ब ४९ करोड रुपियाँ आन्तरिक ऋण संकलन गर्ने तयारी गरेको छ। यो रकम अल्पकालीन ऋणको रूपमा ट्रेजरी बिलमार्फत उठाइने छ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आइतबार जारी गरेको सूचनामा कात्तिक ५ गते ट्रेजरी बिलको बोलकबोल हुने र कात्तिक ६ गते बिल बिक्री गरिने जनाएको छ। २८ दिने, ९१ दिने, १८२ दिने, र ३६४ दिने गरी चार प्रकारका ट्रेजरी बिलमार्फत यो ऋण संकलन गरिनेछ। नयाँ २८ दिने ट्रेजरी बिलबाट ५ अर्ब रुपियाँ उठाइनेछ, भने बाँकी १८ अर्ब ४९ करोड रुपियाँ पुराना बिलहरूको नवीकरण हुनेछ।

बैंक तथा वित्तीय संस्थाहरूले कात्तिक ५ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। यसअघि, सरकारले असोज २१ गते दशैं अघि १६ अर्ब रुपियाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो।

तपाईको प्रतिक्रिया