Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक ०४, २०८१
Sunday, October 20, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – पोखरामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ। जिल्ला प्रशासन कार्यालयले आइतबार बिहान ११:४५ बजेबाट अर्को आदेश नभएसम्मका लागि पोखरा महानगरको शहीद गेट र गैह्रापाटन क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो।

निषेधाज्ञा जारी गरिएको क्षेत्रमा ५ जना भन्दा बढी व्यक्त भेला भएर अनसन, धर्ना, घेराउ, जुलुस प्रदर्शन तथा सभा गर्न निषेध गरिएको जिल्ला प्रशासन कार्यालयको सूचनामा उल्लेख गरिएको छ ।

रवि लामिछानेलाई पक्राउ गरेर पोखरा लागेपछि रास्वपाका नेता कार्यकर्ताले पोखरा केन्द्रित प्रदर्शन शुरु गरिरहेका छन् भने सहकारी पिडितहरुले पनि पोखरामा प्रदर्शन गर्न शुरु गरेपछि प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।

 

तपाईको प्रतिक्रिया