Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक ०४, २०८१
Sunday, October 20, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीसँग आइतबार नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य र सिङहाइ प्रान्तका सेक्रेटरी छेन गाङ्ग नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेका छन्। बालुवाटारमा आयोजित भेटघाटमा दुई देश र दुई पार्टीबीचको सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल भएको छ।

प्रधानमन्त्री ओलीले चीनको गरिबी उन्मूलन र विकासलाई उल्लेखनीय मानेर नेपालले पनि उक्त विकासबाट फाइदा लिन चाहेको बताए। उनले नेपालमा नयाँ सरकार गठन हुँदा दुई ठूला दल एमाले र कांग्रेसबीचको सहकार्य महत्त्वपूर्ण रहेको र चीनबाट निरन्तर सहयोगको अपेक्षा राखेको बताए।

प्रधानमन्त्री ओलीले चिनियाँ कम्युनिस्ट पार्टी र महासचिव सी जिनपिङको नेतृत्वमा चीनमा गरिबीको अन्त्यसहित भएको चौतर्फी विकास असाधारण रहेको उल्लेख गर्दै नेपाल त्यस विकासबाट लाभ लिन चाहने बताए। साथै, नेपाल “एक चीन” नीतिप्रति प्रतिबद्ध रहेको र चीनविरुद्ध कुनै पनि गतिविधिका लागि नेपाली भूमि प्रयोग गर्न नदिने स्पष्ट गरे।

छेन गाङले महासचिव सी जिनपिङको निर्देशनमा नेपाल भ्रमणमा आएको जानकारी दिँदै नेपाललाई सुख र समृद्धिमा चीनको समर्थन निरन्तर रहने आश्वासन दिए।

 

 

तपाईको प्रतिक्रिया