Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाका अध्यक्ष फिलेमोन याङसँग भेटवार्ता गरेका छन्। न्यूयोर्कस्थित राष्ट्रसङ्घको मुख्यालयमा भएको यो भेटमा ओलीले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए।

भेटका अवसरमा प्रधानमन्त्री ओलीले अध्यक्ष याङलाई नेपाल भ्रमणको निमन्त्रणा दिदै जलवायु परिवर्तन, सगरमाथा संवाद र शान्ति स्थापनामा नेपालको योगदानबारे छलफल गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

भेटमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल र परराष्ट्र सचिव सेवा लम्सालसमेत सहभागी थिए।

 

 

तपाईको प्रतिक्रिया