Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – धनुषाको जिल्ला प्रहरी कार्यालयको हिरासतबाट नौ जना थुनुवा भागेका छन् भने एक जनालाई पक्राउ गरिएको छ। आइतबार बिहान करिब ३:३० बजे, लागूऔषध कारोबार र अभद्र व्यवहारको आरोपमा पक्राउ परेका यी थुनुवाहरू भेन्टिलेटर फोडेर फरार भएका हुन्।

प्रहरी नायव उपरीक्षक रञ्जन अवालेका अनुसार, फरार भएका थुनुवामध्ये एक जनालाई सोमबार बिहान पक्राउ गर्न सफल भएको छ भने बाँकीलाई खोज्न प्रहरी टोली परिचालन गरिएको छ। फरार भएका व्यक्तिहरूमा लागूऔषध कारोबारको आरोपमा पक्राउ परेका अमितकुमार झा, रञ्जित मण्डल, रोशनकुमार मण्डल, भाष्करकुमार यादव र विशाल मुखिया रहेका छन्। त्यस्तै, अभद्र व्यवहारको आरोपमा सुमित मेस्तर, मनिष मण्डल र विकी कार्की पनि फरार भएका छन्।

सुमित नाबालक रहेको प्रहरीले जनाएको छ। बाँकी फरार थुनुवाको खोजी कार्य तीव्र रूपमा जारी रहेको अवालेले जनाएका छन्। राजमार्ग र वरपरको क्षेत्रमा प्रहरीको कडा निगरानी राखिएको छ।

तपाईको प्रतिक्रिया