Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – अमेरिकाको भर्जिनियाबाट हराएकी नेपाली मूलकी ममता काफ्ले भट्टको हत्या भएको पुष्टि गर्दै उनको शव विभिन्न स्थानमा फ्याँकिएको प्रमाण अदालतमा पेश गरिएको छ। सरकारी वकिलहरूले ममताका श्रीमान् नरेश भट्टले शवका टुक्राहरू फरक-फरक ठाउँमा फालेको प्रमाण देखाएपछि अदालतले उनलाई धरौटीमा रिहा गर्ने मागलाई अस्वीकार गरेको छ।

नरेशले ममताको शव भेटिन नसकेको कारण आफू निर्दोष रहेको दाबी गर्दै धरौटीमा रिहा गर्न आग्रह गरेका थिए। तर, प्रिन्स विलियम काउन्टी कोर्टमा शुक्रबार भएको सुनुवाइमा अभियोजकहरूले नरेशले हत्या गरेको र शवलाई टुक्रा-टुक्रा गरी फ्याँकिएको प्रमाण पेश गरेका थिए। यो मुद्दामा नरेशविरुद्ध शवको टुक्राहरू विसर्जन गरिएको प्रमाण पहिलो पटक अदालतमा पेश भएको हो।

प्रहरीको अनुसन्धानमा ममताको हराइपछि नरेशले मध्यरातमा भर्जिनियाका विभिन्न स्थानमा गाडी लिएर घुमेको सीसीटीभी फुटेज फेला परेको छ। उनले विभिन्न ठाउँमा फोहरका झोलाहरू डस्टबिनमा फ्याँकिरहेको देखिएको थियो। जसमा ममताको शवका टुक्राहरू भएको आशंका गरिएको छ। यो क्रममा नरेश पञ्जा लगाएर गाडी हाँकिरहेका थिए। साथै, उनले ममता हराएपछि आफ्नो टेस्ला कार बेचेका थिए।

तपाईको प्रतिक्रिया