समाचार सुन्नुहोस :
काठमाडौँ – आज असोज १ गते मंगलबार, शेयर बजार बन्द रहनेछ। इन्द्र जात्राको अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको कारण शेयर कारोबार नहुने भएको हो ।
यसका साथै, उपत्यकाका बैंक तथा वित्तीय संस्था र सरकारी कार्यालयहरू पनि बन्द रहनेछन्। बुधबारदेखि शेयर बजार, बैंक र अन्य वित्तीय संस्था पुनः नियमित समयमै सञ्चालनमा आउनेछन्।