Deneme Bonusu Veren Siteler
मंगलबार, फाल्गुण २७, २०८१
Tuesday, March 11, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घटाएको छ। डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर पाँच रुपैयाँले घटाइएको छ भने पेट्रोलमा प्रतिलिटर चार रुपैयाँ घटाइएको छ। यो नयाँ मूल्य गएराति १२ बजेदेखि लागू भएको छ।

भारतीय आयल निगमबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार भाउ घटेर आएकाले मूल्य घटाइएको नेपाल आयल निगमले जनाएको छ। पेट्रोलियम पदार्थको मूल्य विभिन्न ठाउँहरूमा फरक-फरक लागू हुनेछ। जसलाई निगमले तीन वर्गमा विभाजन गरेको छ। पहिलो वर्गमा पर्ने स्थानहरू जस्तै चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढीमा अब पेट्रोलको मूल्य प्रतिलिटर १५६ रुपैयाँ ५० पैसा हुनेछ भने डिजेल र मट्टीतेलको मूल्य १४६ रुपैयाँ ५० पैसा रहनेछ।

दोस्रो वर्गअन्तर्गत पर्ने सुर्खेत र दाङमा पेट्रोलको भाउ १५८ रुपैयाँ तथा डिजेल र मट्टीतेलको १४८ रुपैयाँ प्रतिलिटर हुनेछ।त्यस्तै, तेस्रो वर्गमा पर्ने काठमाण्डौ, पोखरा र दिपायलमा पेट्रोलको भाउ १५९ रुपैयाँ र डिजेल तथा मट्टीतेलको भाउ १४९ रुपैयाँ प्रतिलिटर कायम गरिएको छ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया