Deneme Bonusu Veren Siteler
मंगलबार, फाल्गुण २७, २०८१
Tuesday, March 11, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने भएका छन् । दिउँसो १ बजे बोलाइएको बैठकमा ओलीले आफ्नो धारणा राख्नेछन्। माओवादी केन्द्रले विगत केही दिनदेखि संसद् अवरोध गर्दै आएको भए पनि आजको बैठकमा प्रधानमन्त्रीलाई सम्बोधन गर्न दिइने भएको हो। माओवादीले ‘हिंसा’ शब्द संसद्को रेकर्डबाट हटाउन माग गर्दै अवरोध गरिरहेको थियो।

साथै, संघीय संसद्को दुवै सदनको चालु अधिवेशन आज रातिदेखि नै अन्त्य हुँदैछ। सरकारले संसद्को अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरिसकेको छ।मन्त्रिपरिषद्को आइतबारको बैठकले आज राति १२ बजेदेखि संसद्को अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गर्ने निर्णय गरेको हो। प्रधानमन्त्री ओलीको सम्बोधनपछि यो प्रक्रिया अघि बढ्नेछ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त गरेको पत्र पढेर सुनाउनेछन्। साथै, संसदीय छानबिन समितिले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी प्रतिवेदन पेश गर्ने कार्यक्रम पनि रहेको छ।

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया