लामो दुरीमा दुईजना चालक अनिवार्य राख्न र सिटभन्दा बढी यात्रु नराख्न सर्वोच्चको आदेश
समाचार सुन्नुहोस :
काठमाडौँ – सर्वोच्च अदालतले लामो दूरीको यातायात सेवामा कम्तीमा दुईजना चालक राख्न अनिवार्य व्यवस्था गर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १०४ अनुसार लामो यात्रामा सार्वजनिक सवारीमा चालक परिवर्तन गर्नुपर्ने नियम कार्यान्वयन गर्न अदालतले आदेश दिएको हो।
साथै, ऐनको दफा १०२ अनुसार, सिट क्षमताभन्दा बढी यात्रु नचढाउन र सवारीभित्र यात्रुको इच्छाविपरीत ठूलो आवाजमा संगीत बजाउन नदिन पनि अदालतले निर्देशन दिएको छ। मोटरसाइकल चालकहरूले सडकमा आतंक फैलाउने गरी तीव्र गति र ठूलो स्वरमा मोटरसाइकल नचलाउन र १८ वर्षमुनिका बालकलाई परिचालकको रूपमा नलगाउन पनि अदालतले आदेश जारी गरेको छ।
वर्गीकृत विज्ञापन
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।