समाचार सुन्नुहोस :
काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक निकायमा रिक्त पदहरूको सिफारिस छिटो गर्न आग्रह गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग बालुवाटारमा बिहीबार भएको भेटघाटमा प्रचण्डले यो सुझाव राखेका हुन्। प्रचण्डको सचिवालयका अनुसार उनले संवैधानिक निकायको बैठकमा सबै रिक्त पदहरूमा सिफारिस गर्न जोड दिएका छन्। शुक्रबारको बैठकबाट सम्भव भएसम्म सबै पदमा सिफारिस गर्नुपर्ने नत्र अर्को सहमति गर्दै छिटो प्रक्रिया अघि बढाउनुपर्ने धारणा पनि उनले व्यक्त गरे।
शीर्ष नेताहरुको भेटवार्तामा अन्य विषयमा छलफल नभएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ।