समाचार सुन्नुहोस :
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा प्रमुख तीन दलका शीर्ष नेताहरू बालुवाटारमा बैठकमा जुटेका छन्। बैठकमा प्रधानमन्त्री ओलीसँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी छन्।
बैठकअघि, प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच करिब आधा घण्टा छलफल भएको थियो। त्यसपछि कांग्रेस सभापति देउवा पनि बैठकमा सामेल भएको जानकारी स्रोतले दिएको छ।
उपसभामुख इन्दिरा रानामगरको प्रकरणसहित पछिल्ला राजनीतिक घटनाक्रममा विचार-विमर्श गर्न प्रमुख दलका नेताहरूको यो भेटघाट आयोजना गरिएको हो। प्रधानमन्त्रीको सचिवालयले संवैधानिक परिषद्को बैठक अघि तीन नेताहरूबीच सहमति बनाउन प्रधानमन्त्री ओलीले यो बैठक बोलाएको जनाएको छ।