समाचार सुन्नुहोस :
काठमाडौँ – नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य १ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ५३ हजार ३ सय रुपैयाँमा पुगेको छ। यसअघि बुधबार यो सुनको मूल्य १ लाख ५३ हजार ४ सय रुपैयाँ रहेको थियो। जुन हालसम्मकै उच्च मूल्य हो।
त्यस्तै आज चाँदीको मूल्य भने बढेको छ। बिहीबार चाँदीको मूल्य १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ७९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ।