Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन २४, २०८१
Thursday, October 10, 2024

काठमाडौं – नेकपा एमालेका पोलिटब्युरो सदस्यसमेत रहेका नेता महेश बस्नेतविरुद्धको मुद्दा खारेज गरिदिएको छ । बस्नेतविरुद्ध शोभा पाठकले हालेको मुद्दा उच्च अदालत पाटनले खारेज गरिदिएको हो ।

यसअघि जिल्ला अदालत काठमाडौंमा हालेको मुद्दा पनि खारेज भएपछि ती महिलाले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंलाई विपक्षी बनाएर उच्च अदालत पाटनमा रिट दायर गरेकी थिइन् ।

दायर रिटमा सुनुवाइ गर्दै न्यायाधीश ऋषि राजभण्डारी र खडानन्द तिवारीको संयुक्त इजलासले खारेज गर्ने निर्णय गरेको उच्च अदालत पाटनका रजिस्ट्रार श्रीलाल पौडेलले जानकारी दिए । एमाले नेता बस्नेतविरुद्ध ती महिलाले बलात्कार, भ्रूण हत्या तथा डकैतीको आरोप लगाउँदै मुद्दा हालेकी थिइन् ।

ती महिलाले बस्नेतबाहेक अरु केही पुरुषलाई पनि ब्ल्याकमेल गरेर दुःख दिएको र बिहे गर्दै अंश मुद्दा हाल्ने गरेको प्रहरी अनुसन्धानमा खुलेको थियो । बस्नेतमाथि उनले लगाएका आरोप पुष्टि निराधार भएको बताइन्छ ।

नेता बस्नेत खुसी
उनले आफूमाथि लागेको मुद्दामा अदालतले गरेको निर्णयप्रति आभारी रहेको बताएका छन् । सामाजिक सञ्जालमार्फत प्रतिक्रिया व्यक्त गर्दै बस्नेतले न्यायालयप्रति आभारी रहेको बताएका हुन् ।

उनले आफूविरुद्ध कपोकल्पित घटना बनाएर परिचालित पात्रले मुद्दा दायर गरेकोमा न्यायालयले न्यायिक निर्णय गरेको जनाए । आफ्नो राजनैतिक तथा सामाजिक जीवन सकाउने खोज्नेहरूलाई अदालतको निर्णयले पराजित गराइदिएको उनको तर्क छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया