समाचार सुन्नुहोस :
काठमाडौँ – संवैधानिक परिषद्को बैठक स्थगित भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले ५ बजे बस्नेगरी बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको हो। प्रधानमन्त्री कार्यालयबाट बैठक स्थगित भएको सूचना आएको हो ।
आजको बैठकमा प्रधानन्यायाधीश सिफारिसको विषयमा छलफल गर्ने तयारी थियो । तर उपसभामुख इन्दिरा रानालाई सत्तारुढ दल कांग्रेस र एमालेले उपसभामुखबाट हटाउने तयारी भन्दै प्रतिपक्षीहरुले विरोध गरिरहेका छन्। उपसभामुख रानालाई बैठकमा उपस्थित हुन असहज हुने अवस्था सिर्जना भएको छ ।
संवैधानिक परिषद्मा प्रधानमन्त्री, प्रधान न्यायाधीश, प्रतिनिधि सभाको सभामुख, राष्ट्रिय सभाको अध्यक्ष, प्रतिनिधि सभाको विपक्षी दलको नेता र प्रतिनिधि सभाको उपसभामुख सदस्य रहन्छन् ।