समाचार सुन्नुहोस :
काठमाडौँ – नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। अघिल्लो दिन २ सय रुपैयाँले बढेको सुनको मूल्य आज पुनः १ हजार रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५३ हजार ४ सय रुपैयाँ पुगेको छ। यो मूल्य हालसम्मकै उच्च बिन्दु हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस अघि गत भदौ २१ गते सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो। त्यसदिन छापावाला सुनको मूल्य १३ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५३ हजार ३ सय रुपैयाँ कायम भएको थियो।
त्यसैगरी, चाँदीको मूल्यमा भने गिरावट आएको छ। चाँदी १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ७८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।