Deneme Bonusu Veren Siteler
शनिबार, फाल्गुण ०३, २०८१
Saturday, February 15, 2025

काठमाडौं – ब्राजिलले दक्षिण अमेरिकी विश्वकप छनोटमा अर्को निराशाजनक नतिजा बेहोरेको छ । लगातार खराब प्रदर्शन गरिरहेको ब्राजिल पाराग्वेसँग १-० ले पराजित भएको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने - कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

पाराग्वेका लागि डिएगो गोमेजले २० औं मिनेटमा गरेको गोल नै निर्णायक रह्यो । छनोटमा ब्राजिलको यो चौथो हार हो । अब ब्राजिललाई विश्वकपमा छनोट नहुने डरले सताउन थालेको छ ।

ब्राजिल ८ खेलबाट १० अंकसहित लिग तालिकाको पाँचौं स्थानमा छ । पाराग्वे भने आठ खेलबाट ९ अंकमा सातौं स्थानमा छ । अर्जेन्टिना १८ अंकमा लिग तालिकाको शीर्ष स्थानमा छ । उसको पछाडि कोलम्बियाको १६ अंक भएको छ । त्यसपछि उरुग्वे १५ र इक्वेडर ११ अंकमा शीर्ष चार स्थानमा रहेका छन् ।यसअघिको खेलमा विश्व च्याम्पियन अर्जेन्टिना कोलम्बियासँग २-१ ले पराजित भएको थियो । कोलम्बियाले कोपा अमेरिका फाइनलमा सामना गरेको हारको बदला लियो । अर्जेन्टिनी टिममा लियोनल मेसी भने थिएनन् ।

अन्य खेलमा इक्वेडरले पेरुलाई १-० र बोलिभियाले चिलीलाई २-१ ले हराए । भेनेजुएला र उरुग्वेले गोलरहित बराबरी खेले ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया