Deneme Bonusu Veren Siteler
मंगलबार, फाल्गुण २७, २०८१
Tuesday, March 11, 2025

काजाब्लांका क्यासेल्लो – पासापुच बेल्जियमको पाँचौँ अधिवेशनबाट आगामी कार्यकाल २०२४-२६ का लागि अध्यक्ष पदमा सर्वसम्मत सूर्यनारायण श्रेष्ठ निर्वाचित भएका छन् । मंगलबार सम्पन्न पाँचौँ अधिवेशनले वरिष्ठ  उपाध्यक्ष मुना ताम्राकार, उपाध्यक्षहरूमा क्रमशः प्रेम प्रधान, विराट जोशी र मन्जय श्रेष्ठ महासचिव सङ्कर श्रेष्ठ, कोषाध्यक्ष विमल श्रेष्ठ, सचिव विपिन रायलाई समेट्दै कार्यसमिति चयन भएको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने - कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

सदस्यहरूमा रोमु कर्माचार्य, सजना कातिला, लुभेन संयोजक सुजन मालाकार, रिजु बैध, रैना श्रेष्ठ, तेजुमा पाकाजु, ब्रसेल्स संयोजक प्रशान्त श्रेष्ठ, रश्मिना राजभण्डारी, प्रीति कर्माचार्य, एन्ट्रोप संयोजक पुजा डंगोल, रक्षा श्रेष्ठ, संजु दर्शना गेन्ट संयोजक, तक्दिर संयोजक ब्रुज संयोजक, रूपा शाक्य ओष्टन्डे संयोजक, शुऱ्ष्मा जोशी, शिलु श्रेष्ठ, रेष्मा श्रेष्ठ, अर्चना श्रेष्ठ र इन्द्र श्रेष्ठ छन् ।अधिवेशन आयोजक तथा निवर्तमान अध्यक्ष चिज कुमार श्रेष्ठ ‘शिलु’ले पाशा पुच बेल्जियमलाई आफ्नो कार्यकालमा नयाँ आयाम दिएको र संस्थालाई चलायमान र स्थापित गर्दे धेरै राम्रा काम गरेको बताए। अध्यक्ष श्रेष्ठले निमन्त्रणालाई स्विकार्दै अधिवेशनमा उपस्थित सबैलाई धन्यवाद दिए ।

अधिवेशनमा प्रमुख अतिथि बेनेलक्स र युरोपियन युनियनका लागि राजदूत  गेहेन्द्र राजभण्डारी,अतिथिहरू नेपाल आदिवासी जनजाति महासंघ बेल्जियमका सचिव रबिन राई, थकाली सेवा समिति अध्यक्ष सरोज गौचन, तमु समाज उपाध्यक्ष बबिता गुरुङ, किरात राई सोसाइटी बेल्जियम लगायत भातृसंस्थाबाट प्रतिनिधित्व रहेको थियो । कार्यक्रममा एनआरएन अभियन्ताहरू मदन दवाडी, अर्जुन गुरुङ, भीम सुवेदी, सीता सापकोटा, पासा पुच: बेल्जियमका संस्थापक अध्यक्ष रवीन्द्र मान श्रेष्ठ, पूर्व अध्यक्षहरू रजनी प्रधान, रोशन जोशी (भीम)लगायतले मन्तव्य र शुभकामना राखेका थिए ।उपस्थित सल्लाहकारहरू, संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधि, पत्रकारहरू, नेवार समुदायकासहित सम्पूर्णमा धन्यवादसहित आभार व्यक्त समेत पाशापुच बेल्जियमले गरेको छ । पूर्व अध्यक्ष तथा पाँचौँ अधिवेशन संयोजक योगेन्द्र श्रेष्ठले खानपिन व्यवस्थापन, हल सजावट तथा व्यवस्थापन, पेय पदार्थ वितरण, तथा समापनमा खट्नु हुने सबैमा पनि धन्यवाद गरे । अध्यक्ष चिज कुमार श्रेष्ठ ‘शिलु’को सभापतित्वमा आयोजित अधिवेशनमा योगेन्द्र श्रेष्ठले श्रेष्ठले स्वागत र महासचिव सूर्यनारायण श्रेष्ठले गरेका थिए ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया