Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन २४, २०८१
Thursday, October 10, 2024

काठमाडौं – मकैको खोया प्रहार भएको ८ महिनापछि पोखरा आएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई मंगलबार सहकारी पीडितले कालोझण्डा देखाई बिरोध प्रदर्शन गरेका छन ।

रास्वपाको गण्डकी प्रदेशस्तरीय विस्तारित बैठकलाई सम्बोधन गर्न उनी आउने जानकारी भएपछि बिहानैदेखि सूर्यदर्शन सहकारी पीडित कार्यक्रमस्थल बाहिर पम्लेट लिएर पुगेका थिए । उनीहरुले रवि कार्यक्रममा आउँदै गर्दा उनको संलग्नता रहेको जिकीर गर्दै नाराबाजीमात्रै गरेनन्, कालो झण्डा नै देखाए । यसअघि कालो झण्डा देखाउने व्यक्तिहरुलाई धरपकड गर्ने प्रहरीले मंगलबार भने उनीहरुलाई बल प्रयोग गरेका थिएनन र कालो झण्डा पनि खोसेका थिएनन ।

प्रहरीको सुरक्षामा रवि कार्यक्रमस्थलमा छिरे । सबैलाई भेट्दै, प्रश्न सुन्दै सभा गर्न पुग्ने रवि कार्यक्रम हलमा मात्रै होइन पार्टी प्लालेसकै मुल गेट नै लगाएर सम्वोधन गर्ने स्थितिमा पुगेका थिए । आफूविरुद्ध नाराबाजी र देखाइएको कालो झण्डा हेर्दै गाडीबाट सिधै कार्यक्रमस्थल पुगेका रविले बैठकमा सहकारीमा संलग्न भएको प्रमाणित भए अहिल्यै राजनीति छोडिदिने मात्रै दोहोर्‍याएनन्, पीडित आन्दोलनकारीमाथि पनि आक्रोश पोखे । उनले सहकारी पीडितले अरु राजनीतिक दलको उक्साहटमा आफूविरुद्ध आन्दोलन गरेको आरोप लगाएका थिए ।

सहकारी ठगी प्रकरणमा रविले लामो समयदेखि सडकदेखि सदनसम्मका बिरोध खेप्दै आएका छन । तात्कालिन समयमा उनी संलग्न गोर्खा मिडियामा सहकारीको लगानी भएको यकिन भईसकेको भएता पनि रविले आफ्नो संलग्नता बारे अस्वीकार गर्दै आइरहेका छन । ***

तपाईको प्रतिक्रिया