Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाली काङ्ग्रेसका नेता डा.शशांक कोइरालाले वीपीको छोरा भएकै कारण सजिलै चुनाव जित्ने दाबी गरेका छन् । सोमबार नेपाली कांग्रेस बागमती प्रदेशद्वारा आयोजित वीपी कोइरालाको १११ औं जन्मजयन्तीको अवसरमा ‘वीपी, व्यक्ति एकः विचार अनेक’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले वीपीको छोरा हुनुका कारण आफूलाई सबै कुरामा उत्कृष्ट हुनुको चुनौती महसुस भएको उल्लेख गरे। यद्यपि, उनले छोरा भएको हुनाले धेरै कुरामा अग्रणी स्थान हासिल गर्न सहज भएको बताउँदै आफ्नो राजनीतिक यात्रा सरल बनेको धारणा राखे।

उनले भने, ‘सबै कुरामा उत्कृष्ट हुन धेरै नै गार्हो छ । कहिलेकाही मलाई के लाग्छ भने म एउटा साधारण परिवारको सदस्य भएको भए कति स्वतन्त्र हुन्थं होला । तर म आफूलाई पूरै जकडियको अनुभव गर्छु । यो गर्नु हुदैँन्, यो गर्नुपर्छ, राम्रो गर्नुपर्छ भन्नेमा केन्द्रित हुनुपरेको छ । तर यसमा एउटा रमाइलो पक्ष पनि छ बीपीको छोरा भएको हुनाले हरेक कुरामा सबैभन्दा अगाडि सारिदिन्छन् । कति सजिलै चुनाव पनि जित्छु । केही गर्नै पर्दैन् ।

उनले वीपी कोइरालाले ठूलो भन्दा पनि असल मानिस बन्नुपर्ने सन्देश दिएको स्मरण गर्दै असल बन्ने मार्ग कठिन भएको बताए। उनले बीपीलाई व्यक्ति भन्दा पनि विचार भएको उल्लेख गर्दै उहाँले जीवनभर संघर्ष गर्नुभएको कुरा सुनाए।

तपाईको प्रतिक्रिया