Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र ३०, २०८१
Sunday, September 15, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपालका तीन प्रादेशिक अस्पतालमा क्यान्सर उपचार सेवा विस्तार गरिएको छ। अब कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पताल, सुर्खेत प्रादेशिक अस्पताल र मोरङको विराटनगरस्थित कोशी प्रादेशिक अस्पतालमा क्यान्सर उपचार उपलब्ध हुनेछ।

सेती प्रादेशिक अस्पतालमा क्यान्सर उपचार सेवा सुरु गर्न चितवनको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले सहयोग गर्नेछ। आज दुवै अस्पतालबीच सम्झौता भएको छ जसमा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेल र सेती प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. शेरबहादुर कमरले हस्ताक्षर गरेका छन्।

यसअघि सुर्खेत र कोशी प्रादेशिक अस्पतालसँग पनि सम्झौता भइसकेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार मधेश प्रदेशमा पनि क्यान्सर उपचार सेवा चाँडै विस्तार गरिने तयारी छ।

तपाईको प्रतिक्रिया