Deneme Bonusu Veren Siteler
शनिबार, भाद्र २९, २०८१
Saturday, September 14, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – रूसले मंगलबार युक्रेनको पोल्टाभा सहरमा गरेको क्षेप्यास्त्र आक्रमणमा कम्तीमा ५१ जनाको मृत्यु भएको र सयौँ घाइते भएको युक्रेनी अधिकारीहरूले जनाएका छन्। यो आक्रमणलाई दुई देशबीचको साढे दुई वर्षको युद्धकालीन अवधिको सबैभन्दा विनाशकारी घटनाको रूपमा चित्रित गरिएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले यस आक्रमणको कडा आलोचना गरेका छन्। युक्रेनको किभले रूसले सैन्य प्रशिक्षण केन्द्र र नजिकैको अस्पताललाई लक्षित गर्दै आक्रमण गरेको बताएको छ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्दोष नागरिकको हत्या गर्ने रूसी पक्षलाई जिम्मेवार बनाउन प्रतिज्ञा गरेका छन्। साथै, उद्धारकर्ताहरूले भग्नावशेषमा फसेका मानिसहरूलाई बचाउन निरन्तर प्रयास गरिरहेका छन्। यस आक्रमणले अन्तर्राष्ट्रिय समुदायमा गहिरो चासो र विरोध उत्पन्न गरेको छ। अमेरिका, जर्मनी र बेलायतजस्ता देशहरूले यसलाई गम्भीर रूपमा लिएका छन्।

अमेरिकी राष्ट्रपति बाइडेनले किभकोे रक्षा मजबुत बनाउन हवाई सुरक्षा प्रणाली र अन्य सैन्य सहायता प्रदान गर्ने प्रतिबद्धता जनाएका छन्। बेलायती विदेश सचिव डेभिड ल्यामीले यस आक्रमणलाई ‘घृणित कार्य’ भनेका छन् भने जर्मन विदेशमन्त्री एनालेना बेरबकले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको क्रूरताको कुनै सीमा नभएको टिप्पणी गरेका छन्।

यसैबीच, पुटिनले मंगोलियाको भ्रमणपछि रूसको भ्लाडिभोस्तोकमा यात्रा गरेका छन्। पुटिनकोे मंगोलिया भ्रमण युक्रेनमा भएको युद्धसँग सम्बन्धित गिरफ्तारीको वारेन्ट जारी भएपछि अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी)का सदस्यसँगको पहिलो भ्रमण थियो ।

तपाईको प्रतिक्रिया