Deneme Bonusu Veren Siteler
शनिबार, भाद्र २९, २०८१
Saturday, September 14, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – कैलाली जिल्लामा जापानिज इन्सेफलाइटिसको सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको छ। स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख गौरी जोशीका अनुसार घोडाघोडी नगरपालिका–५ का ९ वर्षीय बालकको भदौ ७ गते र वडा नं ६ का ६० वर्षीय पुरुषको भदौ ३ गते मृत्यु भएको हो।

साथै, गौरीगङ्गा, गोदावरी र धनगढी उपमहानगरपालिकामा गरी चार जनामा थप सङ्क्रमण पुष्टि भएको छ। गौरीगङ्गामा ६ वर्षीय बालक र ६५ वर्षीय पुरुष, गोदावरीमा ४६ वर्षीय महिला र धनगढीमा पाँचमहिने बालकमा सङ्क्रमण देखिएको छ। गोदावरीका एक जना सङ्क्रमित भने उपचारपछि घर फर्किसकेका छन्। अरुको भने उपचार जारी छ।

चिकित्सकहरूका अनुसार जापानिज इन्सेफलाइटिस रोग मुख्यतः पोथी क्युलेक्स लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ।

तपाईको प्रतिक्रिया