Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – संघीय संसदको प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ। बैठकमा सम्भावित कार्यसूची अनुसार सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने छन्। संसद् सचिवालयका अनुसार, बैठकमा सहरी विकास, श्रम, रोजगार तथा सामाजिक सुरक्षा र खानेपानी मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर सम्बन्धित मन्त्रीहरूले दिनेछन्।

साथै, सहकारी संस्था बचत रकम दुरुपयोग छानबिनका लागि गठित संसदीय विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले समितिको कार्यविधि थपसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नेछन्। यसै क्रममा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले राष्ट्रिय सभामा उत्पत्ति भएका ‘नेपाल विश्वविद्यालय विधेयक, २०८१’ र ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०८१’ सम्बन्धी समितिको प्रतिवेदन पेस गर्नेछन्।

बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१’ र ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्त्व (पहिलो संशोधन) विधेयक, २०८१’ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव राख्नेछन्।

 

 

 

 

तपाईको प्रतिक्रिया