Deneme Bonusu Veren Siteler
सोमबार, भाद्र ३१, २०८१
Monday, September 16, 2024

समाचार सुन्नुहोस :

काठमाडौँ – गण्डकी प्रदेशमा एमालेले सरकारमा सहभागिता जनाएको छ। सोमबार चारजना एमालेका मन्त्रीहरूले शपथ लिएपछि पार्टी औपचारिक रूपमा सरकारमा समावेश भएको हो। कांग्रेसले मुख्यमन्त्रीसहित ५ मन्त्रालय राखेको छ भने एमालेले ४ मन्त्रालय पाएको छ। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आइतबार मन्त्रालयको संख्या ७ बाट ९ पुर्‍याएर एमालेलाई समावेश गराएका थिए।

एमालेका पद्मा जिसी श्रेष्ठ कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री, कृष्ण पाठक स्वास्थ्य मन्त्री, मित्रलाल बस्याल उद्योग तथा पर्यटन मन्त्री र प्रकाशबहादुर अधिकारी भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका छन्। नवनियुक्त मन्त्रीहरूले सोमबार दिउँसो शपथ ग्रहण गरेका छन्।

यसअघि भौतिक पूर्वाधार मन्त्री रहेका दीपक मनाङे उर्फ राजीव गुरुङलाई वन तथा वातावरण मन्त्रालयको जिम्मा दिइएको छ। संकटको समयमा योगदान पुर्‍याएका भन्दै मनाङे र फणिन्द्र देवकोटालाई कांग्रेस कोटाबाटै मन्त्री पदमा कायम राखिएको छ। कांग्रेसका अन्य मन्त्रीहरूमा डा. टकराज गुरुङ आर्थिक मामिला मन्त्री, विन्दुकुमार थापा सामाजिक विकास मन्त्री र फणिन्द्र देवकोटा जलस्रोत तथा सिँचाइ मन्त्री रहेका छन्।

तपाईको प्रतिक्रिया