Deneme Bonusu Veren Siteler
बिहिबार, भाद्र २७, २०८१
Thursday, September 12, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले १७ हजार मानिसको हत्या नगरेको भन्दै कसैको धम्की वा चर्को आवाजले खुट्टा नकमाउने बताएका छन्। प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल पनि बंगलादेश र श्रीलंका जस्तै हुने अभिव्यक्ति दिएपछि प्रधानमन्त्री ओलीले चर्को स्वरमा बोल्दैमा आफूले खुट्टा नकमाउने जवाफ दिएका हुन् ।

‘हिजोतिर हो कि प्रचण्डजीले बंगलादेश र श्रीलंकाबाट सिक भन्दै थिए । मैले १७ हजार मान्छे मारेको हो र खुट्टा कमाउने ?,’ प्रधानमन्त्री ओलीले भने । उनले चर्को स्वरमा बोल्ने प्रचण्ड आफैंले बंगलादेश र श्रीलंकाबाट सिक्नुपर्ने बताए । उनले नेपालको आफ्नै पहिचान र संस्कृति रहेको भन्दै बंगलादेशमा जे भयो त्यही भई नहाल्ने बताएका छन्।

उनले लोकतन्त्र र संविधान आफूहरूकै संघर्ष र पहलबाट स्थापित भएको दावी गरे । उनले लोकतन्त्रविरुद्ध आवज उठाउनेहरू नै अहिले ठूलो कुरा गरिरहेको आरोप लगाएका छन् । त्यस्तै प्रधानमन्त्री ओलीले आफू ६ दशकदेखि देश बनाउने अभियानमा लागेको र देशको सम्पत्तिमा लोभ नगरेको समेत बताएका छन् ।

तपाईको प्रतिक्रिया